Section 22A
कर छल्ने योजना विरुद्धको व्यवस्था
यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि करको फाइदा लिने बदनियतले देहायको कुनै कार्य गरेमा कर छल्ने योजना गरेको मानी महानिर्देशकले त्यस्तो करदाताको कर निर्धारण गरी कर असुल उपर गर्न कर अधिकृतलाई आदेश दिन सक्नेछः-
(क) यस ऐनमा भएको व्यवस्थाको दुरुपयोग गरी कर छल्ने बद्नियतले कुनै योजना तथा कार्य गरी करको दायित्व कम गरेमा
(ख) कुनै व्यक्ति वा निकायले करको दायित्व कम गर्ने बद्नियतले कुनै कार्य गरेमा वा सो गर्ने उद्देश्यले सम्झौता गरेमा ।